सशस्त्र प्रहरीद्वारा वर्षाको कारण डुवानमा परेकाहरुको उद्वार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सशस्त्र प्रहरीद्वारा वर्षाको कारण डुवानमा परेकाहरुको उद्वार

फाइल फोटो

काठमाडौं । मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका ७ राजाबासास्थित रतुवामाई खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बाँध फुटेर डुवान परेका सिजुवा गाउँका करिब २० घरपरिवालाई सशस्त्र प्रहरीले असार २४ गते सुरक्षित स्थानमा सारेको छ ।

उक्त गाउँका घरपरिवार डुवान परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सौठाबाट सशस्त्र प्रहरी निरीक्षक सिताराम पौडेलको कमाण्डमा उद्वार कार्यको लागि सशस्त्र प्रहरी त्यस ठाउँमा खटिएको हो ।

यसैगरी झापा जिल्लाको झापा गाउँपालिका १ मिलन बस्तीमा बर्षाको कारण माईखोलामा आएको बाढीको कारण डुवान परेका करीव ८५ घरपरिवारलाई असार २४ गते सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश सालमाराबाट सशस्त्र प्रहरी नायव निरीक्षक पुण्यप्रसाद विमलीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारमा बसोवास गर्ने व्यक्तिहरुलाई सोही ठाउँ नजिकै रहेको सितुमाडी प्राथमिक विद्यालयको भवनमा सुरक्षित स्थानान्तरण गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);