इलाम । इलाममा स्वीस सरकारको सहयोगमा साना सिंचाई कार्यक्रम मार्फत १६ वटा योजना सम्पन्न भएका छन् । प्रदेश सरकार र स्थानीय तहहरुको २०/२० प्रतिशत लगानी साझेदारीमा १६ वटा योजना सम्पन्न भएका हुन् ।
गाउँमा सिंचाइको भरपर्दो सुविधा पुगेपछि स्थानीय उत्साहित भएका छन् । यो कार्यक्रमबाट हालसम्म जिल्लाको ३ सय ९२ हेक्टर क्षेत्रमा सिंचाई उपलब्ध भएको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रम अन्तर्गत अहिले २७ वटा विभिन्न योजनाको निर्माण भइरहेको छ ।
कार्यक्रम अवधिभर ६५ हजार घरधुरीका २० हजार हेक्टर क्षेत्रमा सिंचाइ सुविधा उपलव्ध हुनेछ । कुल ५ अर्व ८६ करोड मार्फत आवश्यकता हेरेर विभिन्न क्लष्टर कार्यालय मार्फत योजना कार्यान्वयन हुने भएका छन् ।