पाल्पाको झडेवा अहिले खुर्सानी पकेट क्षेत्रको रुपमा विस्तार हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

पाल्पाको झडेवा अहिले खुर्सानी पकेट क्षेत्रको रुपमा विस्तार हुँदै

पाल्पा । पाल्पाको माथागढी ४ झडेवामा अहिले खुर्सानी पकेट क्षेत्रको रुपमा विस्तार हुँदै आएको छ । खेरगइरहेको जग्गालाई सदुपयोग गर्दै गाँउपालिका र वडाकार्यालयको सहयोगमा स्थानिय कृषक समुह मार्फत खुसार्नी खेती गरिएको हो ।

गाँउपालिकाले कृषिक्षेत्र बाटै जनतालाई आर्थिक समृद्धिको दिशातर्फ अगाडी वढाउने योजना अनुरुप खुर्सानीको पकेट क्षेत्रको रुपमा अगाडी बढाएको हो । खुर्सानी खेतीको लागी २१ कृषक समूह निमार्ण गरिएको छ । खुर्सानी खेतीबाटै राम्रो आम्दानी हुन थालेपछि अन्य बाली समेत लगाउन छाडेको कृषकहरु बताउँछन् ।

गाँउपालिकाले कृषकहरुलाई विउबिजनदेखी प्राविधिक सहयोग र उत्पादनको आधारमा अनुदान समेत दिँदै आएकोले वडाध्यक्ष मधु पराजुलीले बताए । माथागढीको झडेवा क्षेत्रमा खुर्सानी उत्पादन राम्रो हुन थालेपछि अरु क्षेत्रका कृषक समेत यसतर्फ आकर्षित बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);