बाढीपहिरोका कारण सडक पुलहरुमा पुगेको क्षतिको अध्ययन गर्न कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

बाढीपहिरोका कारण सडक पुलहरुमा पुगेको क्षतिको अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिरोका कारण सडक पुलहरुमा पुगेको क्षतिको अध्ययन गर्न कार्यदल बनाएको छ।

सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाएको हो। उक्त समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न मन्त्रालयले निर्देशन समेत दिएको छ ।

समितिले अविरल वर्षाका कारण निर्माण सम्पन्न भइसकेका र निर्माणाधीन पुलहरुमा भएको क्षतिको विवरण बारे अध्यन गर्न भनिएको छ । त्यस्तै कार्यदलले आगामी दिनमा यस्ता क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका बारेमा समेत प्रतिवेदन बुझानुपर्ने छ ।

कार्यदलले अहिले भएका क्षतिसँगै आगामी दिनमा निर्माण कार्य गर्दा अपनाउनुपर्नेका सावधानीका बारेमा समेत प्रतिवेदन पेश गर्न निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको हो ।

Leave a Reply