राष्ट्रियसभाको सदनमा पनि प्रतिगमनको छिटा देखा परे : नारायणकाजी श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

राष्ट्रियसभाको सदनमा पनि प्रतिगमनको छिटा देखा परे : नारायणकाजी श्रेष्ठ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिगमनको छिटा राष्ट्रियसभामा पनि देखिएको बताएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले राष्ट्रियसभाका अध्यक्षको भूमिकाप्रति असन्तुष्ट व्यक्त गरे।

राष्ट्रियसभाको अधिवेशनलाई छिटो अन्त्य गर्नेतिर सोच्न नहुने भन्दै उनले सदनलाई संविधान रक्षा गर्ने थलो बनाउनुपर्ने जोड दिएका छन् । उनले भनेका छन, ‘सम्माननीय अध्यक्ष पहिला कुन पार्टीको हुनुहुन्थ्यो, त्यो पार्टीमा पनि कुन गुटको हुनुहुन्थ्यो, त्यो सरोकारको विषय होइन। राष्ट्रियसभाको अभिभावकको भूमिकामा रहेको व्यक्तिले कुनै गुट वा उपगुट भन्दा माथि रहेर काम गर्नु उहाँका दायीत्व रहेको भन्दै उनले केपी ओलीलाई सहयोग गर्ने भूमिकाबाट मात्र आफूलाई सोच्नुहुने छैन भन्ने आशा गरेको छु ।’

उनले कताकता प्रतिगमनको छिटा सदनमा समेत देखा परेको भन्दै आफूलाई सदनमा बोल्ने प्रयाप्त मात्रको समय नदिएकोमा रुष्ट व्यक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);