एजेन्सी । तालिबानले सबै विदेशी सैनिकले आउँदो सेप्टेमबरसम्मा अफगानिस्तान छाड्न चेतावनी दिएको छ ।
अफगानिस्तानमा नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य हुने चरणमा छ।
काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि १ हजार सैनिक त्यहीँ बस्न सक्ने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो ।
तोकिएको समय सीमा भन्दा पछि अफगानिस्तानमा रहने विदेशी सैनिकहरु कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानका नेताले बिबिसीसँग बताएका छ।