माधव कमरेडले प्रधानमन्त्रीसंग भेट्न रुची देखाउनुभएन : विष्णु पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

माधव कमरेडले प्रधानमन्त्रीसंग भेट्न रुची देखाउनुभएन : विष्णु पौडेल

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन् । प्रधानमन्त्री ओलीका निकट मानिने पौडेलले आइतबार बिहान नेता नेपाललाई भेटेका थिए । भेटमा उनले प्रधानमन्त्रीसंग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको पौडेलले जानकारी दिएका छन् ।

राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा नेता नेपालसंगका भेटबारे संञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफुले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको तर नेपालले रुची नदेखाएको जानकारी दिएका हुन् ।

अहिले पार्टी एकता जोगाउनको लागि भन्दै पार्टीका तल्लो तहका कार्यकर्ता देखि माथिल्लो निकायका नेताहरुले समेत पार्टीका दुई नेताद्धोय अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नपाललाई थप दवाव दिन थालेका छन् ।

Leave a Reply