अपडेट : फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परी १७ को मृत्यु, मृतक संख्या अझै बढ्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

अपडेट : फिलिपिन्समा सैन्य विमान दुर्घटनामा परी १७ को मृत्यु, मृतक संख्या अझै बढ्न सक्ने

एजेन्सी । फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्य भएको छ । ९२ जना सवार सैन्य विमान आइतबार बिहान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको र यो संख्या अझै बढ्न सक्ने बताइएको छ । सेना प्रमुख जनरल सिरिलितो सोबेजानाका अनुसार जलिरहेको सि–१३० विमानबाट ४० जनाको उद्धार गरी उपचार भईरहेको छ ।

विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न लागिएको समयमा रनवेमा पर्न नसक्दा दुर्घटना भएको जनरल सोबेजानाले जानकारी दिएका छन् । बाङकल भन्ने गाउँ नजिक दुर्घटना भएको उनले बताएका छन् । विमानमा सवारहरु भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएकाहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यो पनि पढ्नुहोस

फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४० को उद्धार

ती व्यक्तिहरू दक्षिण फिलिपिन्सका आतंकवादी गतिविधिहरूको लागि प्रसिद्ध टापुहरूमा खटाइनुपर्ने बताइएको छ । रक्षा मन्त्री देल्फिन लोरेन्जानाले सो विमानमा तीन पाइलट, पाँच चालक दलका सदस्यसहित ९२ जना सवार रहेको जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);