तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक हप्ता थप्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने र त्यसको मोडालिटी परिमार्जन गर्ने विषयमा निर्णय लिन आज दिउँसो उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठक बस्न लागेको हो ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज आइतबार मध्यराति सकिँदैछ । आज बस्ने बैठकले यसअघि प्रतिबन्धित केहि क्षेत्रलाई खोल्ने खुलेका क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने बताइएको छ ।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो । त्यसैगरी सबै खालका पसलहरु पनि दिनभर खोल्न दिइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);