ट्युनिसियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ४३ को मृत्यु, ८४ को सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

ट्युनिसियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ४३ को मृत्यु, ८४ को सकुशल उद्धार

एजेन्सी । ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ ।

लिबियाको जुवारा बन्दरगाहबाट युरोपका लागि प्रस्थान गरेका आप्रवासीहरु चढेको डुंगा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिशियाको जार्जीस नजिकै दुर्घटनामा परेको हो ।

१ सय २७ जना आप्रवासी रहेको उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको छ ।

मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुंगामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको त्यहाँको सरकारी निकायले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);