काठमाडौं । शुक्रबार सुनको मूल्य ५ सयले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९१ हजार ३ रुपैँया कायम गरिएको छ । बिहिबार सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीकाे मूल्यमा स्थिर रहेकाे छ । आज पनि चाँदी एक हजार ३ सय १० मा कारोबार भईरहेको महासंघले जनाएको छ । बिहिबार पनि चाँदी एक हजार ३ सय १० रुपैँयामा कारोबार भएको थियो ।