प्राकृतिक विपद् व्यवस्थापनमा ढिलाई नगर्न सम्बन्धित निकायलाई गृहमन्त्री पौडको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्राकृतिक विपद् व्यवस्थापनमा ढिलाई नगर्न सम्बन्धित निकायलाई गृहमन्त्री पौडको निर्देशन

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

विपद् व्यवस्थापन सम्बन्धी बिहीबार आयोजि बंठकलाई संवोधन गर्दे गृहमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण तयार गरी पुनर्निर्माण कार्ययोजना तीन दिनभित्र पेश गर्न निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्री पौडेलले विपद् प्रभावित क्षेत्रमा चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन समेत निर्देशन दिएका छन् । त्यस्तै पौडेलले सडक अवरुद्ध हुन नदिन र अत्यावश्यक संरचना पुनर्निर्माणमा ढिलाई नगर्न निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिएका हुन् ।

बैठकमा संघीय मामिला, खानेपानी, शहकी विकास, भौतिकपूर्वाधार, अर्थमन्त्रालयलगायत सम्बन्धित मन्त्रालयका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुले सहभागिता जनाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);