एजेन्सी । युरोपको विभिन्न ११ शहरमाजारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । साबिक विजेता पोर्चूगल, उपविजेता फ्रान्स, ३ पटकको युरोपियन च्याम्पियन जर्मनी, पूर्व विजेता नेदरल्याण्ड्सलाई पाखा लगाएर ८ टोलीले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
युरोकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका मध्ये स्पेन, इटाली, डेनमार्क र चेक रिपब्लिकपूर्व विजेता समेत रहि सकेका छन् । लामो समयदेखि विश्व फुटबल बरियताको शिर्ष स्थानमा रहेपनि ठुला प्रतियोगिता जित्न नसकेको बेल्जियमसंगै फुटबलमा गर्विलो इतिहास बनाएको इंग्ल्यान्ड, तथा स्वीजरल्यान्ड र युक्रेन क्वाटर फाइनलमा पुगेर उपाधि जित्ने होडमा रहेका छन् ।
यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् ।शुक्रबारदेखि शुरु हुने क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डविरुद्ध स्पेन , बेल्जियमविरुद्ध इटाली, चेक रिपब्लिकविरुद्ध डेनमार्क, रयुक्रेनविरुद्ध इंग्ल्यान्ड भिड्ने छन् ।




