जसपा महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जसपा महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडाैं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दैछ ।

निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल गर्न आज दिउँसो बैठक बस्न लागेको हो । जसपाको वैधानिकताको विवाद निर्वाचन आयोगमा रहेको दुबै पक्षले आधिकारीका दावी गरिरहका बेला आज बस्न लागेको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

आफ्नै समुहका नेताहरुबिच असन्तुष्टि बढेपछि ठाकुर पक्ष यतिवेला समस्या रहेको नेताहरुले बताउँदै आएका छन् । सर्वोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो पक्षभित्र असन्तुष्टि बढेको थियो ।

निर्वाचन आयोगले पार्टीको विवाद टुंगो लगाउने प्रक्रियामा छिरेर २२ असारमा दुवै पक्षलाई बोलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);