पछिल्लो २४ घण्टामा ३ हजार ८५३ संक्रमणमुक्त, २ हजार ४४४ संक्रमित थप | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

पछिल्लो २४ घण्टामा ३ हजार ८५३ संक्रमणमुक्त, २ हजार ४४४ संक्रमित थप

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५३ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ८ सय ५३ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ८८ हजार १ सय ८७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ६ हजार ६ सय ४८ पीसीआर परीक्षणमध्ये एक हजार ५ सय ९ संक्रमित र चार हजार ९ सय ९२ एन्टिजेन परीक्षणबाट ९ सय ३५ संक्रमित गरी जम्मा २ हजार ४ सय ४४ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ४२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ५१ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७ लाख ५२ हजार १ सय १० कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाईसकेका छन् भने २५ लाख ८७ हजार ८ सय ७३ ले खोपको पहिलो डोज लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);