कपिलवस्तुमा दुई वर्षदेखि ढलेका पिल्लर अझै उठेनन् | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

कपिलवस्तुमा दुई वर्षदेखि ढलेका पिल्लर अझै उठेनन्

कपिलवस्तु । नेपाल भारत सिमानामा रहेका कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित चिराइ नदीका ८ वटा पिल्लर ढलेको २ वर्ष वित्नै लाग्दा समेत पुन निर्माण हुन सकेका छैनन् । कपिलवस्तुको सुदूर पश्चिम विजयनगर गाउँपालिका ७ ठाकुरापुरस्थित नेपाल भारत सिमानामा पर्ने चिराइ नदीले ८ वटा पिल्लर २ वर्ष अगाडी ढलाएको थियो।

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण चिराइ नदीमा बाढी आउँदा सीमा आसपासका ८ वटा पिल्लर पहिला देखिए पनि पुर्ननिर्माण नहुँदा कतिपय भाँसिएको प्रहरीले जनाएको छ । नदीले ५ सय ७७–७ देखि ५ सय ७८–१० लगायतका गरी ८ वटा पिल्लर दुई वर्ष अगाडी ढलाएर कतिपय बगाएको हो ।

कमशल निर्माण सामग्रीको प्रयोग र भारी वर्षाका कारण नदीका पिल्लर पानीले बगाएको विजनगर गाउँपालिकाले जनाएको छ । भारी वर्षासँगै विश्व महामारीका रुपमा फैलिएको कोरना भाइरसको कारण निषेधाज्ञाले गर्दा नेपाल भारत सिमा निर्धारण टोलीले काम गर्न नसकेको शसस्त्र सिमासुरक्षा अधिकारीको दावी छ ।

चार वर्ष पहिला सीमा निर्धारण टोलीले कपिलवस्तु र सिद्धार्थनगर जिल्लाका दर्जन बढी जिर्ण पिल्लर निर्माण गरेका थिए । नदीले बगाएका पिल्लर कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि दुवै देशका सीमा निर्धारण टोलीको सहभागीतामा पुन निर्माण गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

Leave a Reply