८० किलो गाँजा सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

८० किलो गाँजा सहित २ जना पक्राउ

सर्लाही । प्रहरीले लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

सर्लाही लालबन्दी नगरपालिका–१५ तिनतल्ले झल्लाचौडीस्थित खटिएको प्रहरीको टोलीले ८० किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले विशेष सुराकीको आधारमा सर्लाही ईश्वरपुर नगरपालिका– १२ बस्ने वर्ष ३३ को आईत सिंह स्याङतान र सोही ठाउँका वर्ष ५४ को मान बहादुर स्याङतानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । पक्राउ परेका दुबैलाई थप आवश्यक अनुशन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);