एमाले सुद्धढ बनाउने भन्दा पनि कमजोर पार्ने प्रयासहरु बढन् थाले : प्रदिप ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

एमाले सुद्धढ बनाउने भन्दा पनि कमजोर पार्ने प्रयासहरु बढन् थाले : प्रदिप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले पार्टी एकतालाई कमजोर बनाउने प्रयासहरु बढन थालेको बताएका छन् । आइतबार प्रधानमन्त्री कार्यलय बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ज्ञवालीले एमाले एकता सुदृढ गर्ने भन्दा पनि थप कमजोर पार्ने खेलहरु भइरहेको बताए ।

नेतृत्व तहबाट एमालेको एकतालाई मूर्तरुप दिन अन्तिम प्रयास जारी रहेको समयमा केही नेताहरुबाट एमाले एकता हुन नदिने प्रयासका कारण पार्टी थप संकटमा पर्ने खतरा बढेको उनको भनाई रहेको छ ।

बैठकमा राष्ट्रियताको रक्षाका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट जेठ २३ गते एउटा आह्वान भएको र त्यसमै आधारित रहेर छलफलहरु भएको उनले जानकारी दिएका छन् ।

ज्ञवालीले प्रतिपक्षहरुसँगको प्रतिस्पर्धामा एमालेलाई श्रेष्ठ बनाउने भन्दा पनि प्रतिपक्षलाई काँधमा राखेर उनीहरुलाई श्रेष्ठ बनाउने खालका गम्भीर विरोधाभाषहरु देखिएकालो पार्टी एकतामा थप संकट आउन सक्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);