कास्की । पोखरामा लागु औषध गाँजासहित तीन जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटेको प्रहरी टोलीले शनिबार साँझ पोखरा महानगरपालिका–१० गोरखा मनकामनाबाट आठ किलो ५ सय ५६ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोरखा अरुघाट गाउँपालिका– २ मान्बु घर भई हाल पोखर महानगर–१० बुद्धचोक बस्ने २९ वर्षीय लेख बहादुर गुरुङ, स्याङ्जा पुतलीबजार नगरपालिका–२ घर भई हाल पोखरा महानगर–१३ मियापाटन बस्ने २६ वर्षीय सुजन गुरुङ र स्याङ्जा विरुवा ननगरपालिका– ४ घर भई हाल पोखरा महानगर–५ जिरो बस्ने २८ वर्षीय दिपेन्द्र वि.क. रहेका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।