झापामा डेगुंको कारण एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

झापा, ६ कार्तिक । डेंगू रोगकोे संक्रमणकारण झापामा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साहको डेंगू रोगकोे संक्रमण कारण मृत्यु भएको झापाको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

क्लिीनीकमा उपचार गराइरहेका उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटैमै मृत्यु भएको हो ।

गत असोज ६ गते बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण अहिले दमक, कनकाई, अर्जुनधारा, काँकरभिट्टा नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा देखापरेको छ ।

हालसम्म झापामा एक सय २० जनामा यो रोगको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

ताजा समाचार