झापामा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापामा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु 

काठमाडौं । झापाको बुद्धशान्ति गाँउपालिका–१ पुलचोकमा सोेमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् । 

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा  बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ । 

हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुधबारेले जानकारी दिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);