पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ४ हजार ९ सय १४ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ८१ हजार ३ सय २७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १६ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ८ सय १० पीसीआर परीक्षणमध्ये २ हजार १६ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३० संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ९ सय ७५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);