एजेन्सी, ६ असोज । जापानको मिनामिजु नजिकै दक्षिणी तठमा आएको माम्मोथ टाइफोन नामक आँधीका कारण कम्तिमा २ जनाको मृत्यु भएको छ भने धेरै संख्यामा घाइते भएका छन्।
आँधीका कारण फुकुवका शहरमा एक पुरुष र ओसका शहरमा एक महिलाको मृत्यु भएको सिएनएनले जनाएको छ।
आँधीका कारण करिब दुई लाख जनसंख्या प्रभावित भ्रएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा लगिएको बताइएको छ।
५९ किलोमिटर प्रति घण्टाको रफ्तारमा आएको टाइफुन आँधी जापानको उत्तरपुर्व क्षेत्रमा लागेको सिएनएनले जनाएको छ।