बरियारपट्टी गाउँपालिकाद्वारा ५४ करोड १० लाख १९ हजारको बजेट प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बरियारपट्टी गाउँपालिकाद्वारा ५४ करोड १० लाख १९ हजारको बजेट प्रस्तुत

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा बिहिबार पाँचौं गाउँसभा समपन्न भएको छ ।

पालिका अध्यक्ष संतोष महतोले उद्घाटन गरेको गाउँसभामा आर्थिक वर्ष ७८/ ७९ को लागि ५४ करोड १० लाख १९ हजारको बजेट पालिकाको उपाध्यक्ष रेखा कुमारी यादवले प्रस्तुत गरेका थिए ।

चालु तर्फ २५ करोड २७ लाख र पुजीगत तर्फ १५ करोड ८३ लाख १९ हजारको बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारीले जानकारी दिए ।

बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिचाई, बाटोघाटो मर्मत, निर्माण, बिजुलीबती जडान, भौतिक निर्माणका अन्य कार्यहरु, मठमन्दिर, मस्जिद निर्माण, मर्मत लगायतका रचानात्मक कामहरु बजेटमा समेटिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);