सन्तोषी सुब्बाको हत्याको आरोपमा एक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सन्तोषी सुब्बाको हत्याको आरोपमा एक पक्राउ

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मंगलबार मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सुब्बाको हत्या अभियोगमा बिहीबार कमलाक्षीबाट सुरेश तिमल्सिनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई दक्षिणकाली क्षेत्रबाटै पक्राउ गरेको हो । प्रहरीले आरोपीलाई आज नै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।

सुब्बाको शव मंगलबार दिउँसो करिब ३ बजेतिर दक्षिणकालीको शौलालयमा भेटिएको थियो । शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

सुब्बा विभिन्न चराहरुको आवाज निकालेर चर्चामा आएकी थिइन् । ६५ भन्दा बढी चराको आवाज निकाल्न सक्ने उनी युट्युबमा भाइरल भएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);