सिरहा । सिरहाको गोलबजारबाट बुधबार स्रोत नखुलेको अवैध सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी वेस क्याम्प गोलबजारको टोलीले गोलबजार नगरपालिका ४ बाट दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ पर्नेहरुमा सिरहाको लक्ष्मीपुर पतारी गाउपालिका ४ निवासि जीवछ कुमार मण्डल र मो साउद्दिन खान सहित दुईसय ग्राम सुनसहित पक्राउ गरेको हो ।
प्रहरीलाई देखेर झोला फाली भागेपछि उनीहरुलाई खेदेर पक्राउ गरेको सशस्त्र प्रहरी व्यस क्याम्प गोलबजारका प्रमुख इन्सपेक्टर श्यामबाबु यादवले जानकारी दिए । उनका अनुसार प्रहरीलाई देखेर झोला र मोटरसाइकल छोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिई खोजतलास गर्दा सुन फेला परेको हो ।
सुन सहित दुवैजनालाई जिल्ला भन्सार कार्यालय खयरटोका माडरभन्सार कार्यालयको जिम्मा लगाएको जनाएको छ । उनीहरुले कहाँबाट कसरी के प्रायोजनको लागि सुन ल्याएको भन्ने अनुसन्धान भईरहेको जनाएको छ ।
उनीहरुका गतिविधिका कारण प्रहरीले केहिदिन अघिदेखि नै निगरानीमा राखेको बताइएको छ ।