चूडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

चूडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फछ्र्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

आयोगले लुम्बध्वज महत, उमेश प्रसाद ढकाल र चुडामणी शर्मा ढकालबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख भएअनुसार एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बिगो असुलीको मागदाबी गरेको छ। यस्तै, उनीहरुलाई ८ देखि १० वर्षसम्म कैद सजायको समेत माग दावी गरेको प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् । उनीहरूले अधिकारक्षेत्र बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

‘तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पु¥याई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि हुन आएको राज्यलाई हानिनोक्सानी पु¥याई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि’ हुन आएको अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply