क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर दुरुपयोग गर्ने युवा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर दुरुपयोग गर्ने युवा पक्राउ

काठमाडौँ । क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् ।

अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा प्रहरी अधिकारीहरुको फोटो दुरुपयोग गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो। क्लब हाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई साइबर ब्युरो अन्तर्गतको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण स्थाई घर भएका २० वर्षीय इशान श्रेष्ठ भएको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए। अर्यालका अनुसार ‘श्रेष्ठविरुद्ध सात दिन म्याद थप गरी अनुशन्धानको प्रकृया अघि बढाइएको समेत जानकारी दिए ।

पछिल्लो समय क्लबहाउस प्रयोग गर्नेको संख्यामा वृद्धि हँदै गएको छ। वृद्धि भएसंगै विकृति पनि उतिकै बढेको साइबर व्युरोले दावी गरेको छ। गलत आईडी बनाएर गलत गृहकार्य हुने सम्मका हर्कतहरु सार्वजनिक हुन थालेपछि व्युरो थप चनाखो बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);