शेयर बजारको मापक नेप्से परिसुचकमा भइरहेको गिरावट सोमबार पनि जारी | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

शेयर बजारको मापक नेप्से परिसुचकमा भइरहेको गिरावट सोमबार पनि जारी

stock_exchange_nepse

काठमाडाैं । शेयर बजारको मापक नेप्से परिसुचकमा भइरहेको गिरावट सोमबार पनि जारी रहेको छ । आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा बन्द भएको नेप्से सोमबार करिब ७१ अंकले घटेर २ हजार ८ सय ३४.४० विन्दुमा बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा यो करिब २.४५ प्रतिशतले कम हो । सोमबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो । सोमबार करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भए ।

ती किनबेचबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोड रुपैयाँले कम हो आइतबार सेयर बजारमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।नेप्से घटेपछि सेयर बजारको आकार कूल बजार पुँजीकरण पनि घटेको छ ।

गत मंगलबार यता सबै कारोबार दिनमा नेप्से परिसूचक निरन्तर घट्दै आएको छ ।

Leave a Reply