सभापति देउवाद्धारा आफू निकटका नेताहरुसँगको छलफललाई निरन्तरता | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सभापति देउवाद्धारा आफू निकटका नेताहरुसँगको छलफललाई निरन्तरता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफललाई निरन्तरता दिन थालेका छन्। आगामी भदौमा हुन लागेको महाधिवशेनमा पुन सभापति दावेदारीका लागि इच्छा प्रकट गरेका देउवाले आफू निकटका नेताहरुसंगको छलफललाई निरन्तरता दिन लागेका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा आज बिहानदेखि वाग्मती प्रदेशका केन्द्रीय नेताहरुसंगको छलफल चलिरहको देउवा निकट सा्रेतले जनाएको छ । छलफलका लागि देउवा निवास पुगेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलासंगै केन्द्रीय सदस्य शिवप्रसाद हुमगाँईको पनि सहभागिता रहेको बताइएको छ ।

आजै सभापति देउवाले अपराह्न ३ बजे गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग पनि छलफल गर्दैछन् । शनिबार उनले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।

यो पनि पढ्नुहोस

देउवाको सभापतिमा दोहोरिने चाहना, केन्द्रीय नेताहरुको भेटलाई तिव्रता दिंदै

कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औँ महाधिवेशन गर्ने कार्यतालिका समेत सावर्जनिक गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);