राहत वितरणका लागि नेपाल पक्षको अनेरास्ववियु हेलम्बु जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राहत वितरणका लागि नेपाल पक्षको अनेरास्ववियु हेलम्बु जाँदै

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ । अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ ।

मेडिकल टिम सहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियुकी नेतृ आरती लामाले बताईन् ।

राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिए । उनले बेसाहारा र असहायलाई पहिलो महत्व दिन अनुरोध गरे ।

बाढीग्रस्त हेलम्बु गाउँपालिकामा १० लाख बराबरको राहत सामग्री वितरण गरिने अनेरास्ववियुले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);