उदयपुरमा ३ वर्षीया बालिकाको बलात्कार प्रयास पछि हत्या | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

उदयपुर, ५ कार्तिक । उदयपुरमा बलात्कार प्रयासपछि एक बालिकाको हत्या भएको छ। शनिबार राति उदयपुरको त्रियुगा नगरपालिका–१५ दमौटीमा तीन वर्षकी बालिकाको १८ वर्षका युवकले हत्या गरेका हुन्।

बलात्कार प्रयास गर्दा रोएपछि १८ वर्षका शंकर राईले हत्या गरेको प्रहरीले जनाएको छ।

बालिकालाई बलात्कारको प्रयास गर्दा रुन थालेपछि मुख थुनेर हत्या गरेको राईले स्वीकार गरेका छन्। बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।