काठमाडौं । बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न र घाइतेहरुको उपचार लगायतका उद्वार राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन विपक्षी गठबन्धनले सरकारसँग माग गरेको छ ।
साथै विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवानबाट जनता मृत्यु भएकाको परिवारलाई पनि सहयोग गर्न माग गरेको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो माग राखेका हुन् ।
वक्तव्यमा सरकार यस्तो प्रकारका प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार रहेको देखिएको भन्दै आलोचना समेत गरिएको छ । त्यसैगरी इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धिनत सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यर्लाइ अघि बढाउन पनि विपक्षी गठबन्धनले आग्रह गरेको छ ।
यसका साथै यस्तो अवस्थामा उद्वार र राहतका क्रियाकलाप आ–आफ्ना स्थनबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु¥याउन पनि विपक्षी गठबन्धनले सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान गरेको छ ।