अबिरल वर्षासँगै आएको बाढिले स्याङ्जामा ८ परिवार विस्थापित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

अबिरल वर्षासँगै आएको बाढिले स्याङ्जामा ८ परिवार विस्थापित

स्याङ्जा । अबिरल वर्षासँगै आएको बाढिले स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ५ सेतिबेणी बजारका ८ घर बगाएको छ ।

बिहान कालिगण्डकी नदीको बाढि बजारमा पसेको थियो ८ घर पूर्णरुपमा क्षतीग्रस्त भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार स्थानीय केश वहादुर क्षेत्री,केशवराज न्यौपाने,ठाकुर प्रसाद श्रेष्ठ,रेशमराज न्यौपाने,लक्ष्मीपती न्यौपाने,गुरु बहादुर क्षेत्री,तेजराम काफ्ले र त्रिबिक्रम हेजुको घर बाढिले क्षतीग्रस्त बनाएको हो ।

८ घरका २४ जनाको विस्थापित भए पछि उनीहरुलाई उद्धार गरी नजिकैको विद्यालयमा राख्ने तयारी भईरहेको अधिकारीले जानकारी दिएका छन् ।

अबिरल बर्षाका कारण सिद्धार्थ राजमार्गको ठाँउठाँउमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । त्यस्तै सबै ग्रामिण सडकहरु पनि अबरुद्ध भएका छन ।

Leave a Reply