मनसुन भित्रिएसँगै किसानहरुलाई धान रोप्ने चटारो, निषेधाज्ञाका बीच खेतसम्म पुग्नै गाह्रो | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

मनसुन भित्रिएसँगै किसानहरुलाई धान रोप्ने चटारो, निषेधाज्ञाका बीच खेतसम्म पुग्नै गाह्रो

काठमाडौं । मनसुन भित्रिएसँगै काठमाडौँ उपत्यका भित्रका किसानहरुलाई धान रोप्ने चटारो बढेको छ ।

काठमाडौं उपत्यका धेरै उब्जनी हुने माटो भएको ठाउँका रुपमा मानिन्छ । बढ्दो शहरीकरणले धान फल्ने खेतमा बहुतले घर ठडिएका छन् । तर उपत्यकाको काँठ क्षेत्रमा अझै खेती योग्य जमीन बाँकी छ । यिनै काँठ, ढाप र डोलहरुमा धान रोपाइँ सुरु भएको छ ।

उपत्यकाको अधिकांश क्षेत्रमा ताइचिन र मन्सुली (खुमल ४) धान लगाउने चलन छ । यसका साथै खुमल ११ र डोल क्षेत्रमा स्थानीय एक्ले धान लगाउने चलन छ । काठमाडौँमा प्रख्यात रहेको पोखरेली मसिनो र थापचिनी धान हराइसकेको छ ।

काठमाडौंका धानफाल्ने फाँट खुम्चिदै गएका छन् । यसलाई खुम्च्याउन तरकारी खेतीका टनेल, कुखुरा बंगुर–सुँगुर पालनले पनि सहयोग गरेका छन् । पछिल्लो समय काठमाडौंको धानमा बर्णशंकर बिउले बिकृति ल्याएको किसानहरुले बताएका छन् । बढी उत्पादन हुने लोभमा स्थानीय जातलाई छोडेर बर्णशंकर (हाइब्रिड) धान लगाउदा स्थानीय धानको जात मासिएको अगुवा किसान उद्धव अधिकारीले बताए ।

स्थानीय जातको धान हराउँदा धान चामलसँग जोडिएको संस्कृति पनि हराएको अगुवा किसान अधिकारीको तर्क छ । यसको अर्को असर स्थानीयबासीको पोषण चक्र समेत भत्किएको छ ।

यसपालिको धान रोपाइँ विगत वर्ष जस्तो छैन । कोरोना संक्रमणको जोखिमका बीच रोपाइको काम गर्नु परेको छ । संक्रमण हुने डरले खेतमा काम गर्ने खेताला समेत पाउन मुस्किल भएको छ । ललितपुर छम्पि क्षेत्रको खेतमा भेटिएका किसान राम चन्द्र तामाङले संक्रमणको डरको बीचमा काम गर्नु परेको बताए ।

काठमाडौं उपत्यकामा जेठ ३१ गते सम्म निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञाले घरबाट खेत सम्म आउनजान मल विषादी किन्न समस्या परेको किसानहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);