काठमाडौँ । भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारी रोकथाम नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ। शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको हो ।
नेपाली सेनाका अनुसार भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य प्राप्त भएको जनाएको हो । प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले कोभिड १९ द्धारा प्रभावित नेपाललाई सहयोग गरेकोमा धन्यवाद दिए ।