Our Network

साउन १७ २०७८, आइतबार

ललितपुर महानगरलाई २ थान स्मोक फोगिङ मेसिन सहयोग

ललितपुर । ललितपुरमा कार्यरत गैरसरकारी संस्था प्लेइङ फोर चेन्ज नेपालले ललितपुर महानगरपालिकाद्धारा सञ्चालित आइसोलेशनका लागि दुई थान स्मोक फोगिङ मेसिन सहयोग गर्ने भएको छ ।

ललितपुर महानगरद्धारा विभिन्न स्थानहरुमा सञ्चालित आइसोलेशन सेन्टरहरुलाई डिसइन्फेक्ट गर्नका लागि प्लेइङ फोर चेन्ज नेपालले दुई थान स्मोक फोगिङ मेसिन सहयोग गर्ने निर्णय गरेको हो ।

यसअघि यस संस्थाले नेपालमा नै पहिलोपटक यस्तो अत्याधुनिक मेसिन पहिलो चरणमा १६वडालाई एक थाप उपलब्ध गराई सकेको छ ।

Leave a Reply