आफ्नो पार्टीकोलाई हटाएर विपक्षीलाई प्रधानमन्त्री बनाउने खेल सफल हुँदैन : मन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

आफ्नो पार्टीकोलाई हटाएर विपक्षीलाई प्रधानमन्त्री बनाउने खेल सफल हुँदैन : मन्त्री पौडेल

काठमाडौं । नेपाल सरकारका उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आह्वानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको पौडेको भनाई छ ।

अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए ।

पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको पौडेलले बताए । यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर पार्टी विभाजन हुन नसक्ने स्पष्ट पारे ।

मन्त्री पौडेलले संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोशिस गर्ने बताए । पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने उनको तर्क छ । आफूहरुले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रुपमा असफल बनाउने पनि अर्थमन्त्री पौडेलले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);