स्वास्थ्यमन्त्री तामाङको सम्पति विवरणः कुनकुन स्थानमा कति जग्गा जमिन ? | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

स्वास्थ्यमन्त्री तामाङको सम्पति विवरणः कुनकुन स्थानमा कति जग्गा जमिन ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् । मन्त्री नियुक्त भएलगतै गएको सोमबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो सम्पति विवरण सार्वजनिक गर्ने घोषणा गरेका तामाङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आफ्नो र श्रीमती उषाकला राईको सम्पति विवरण बुझाएका हुन् । उनको सम्पति विवरण स्वास्थ्य मन्त्रालयको साइटमा समेत सार्वजनिक गरिएको छ ।

मन्त्री तामाङले सार्वजनिक गरेको सम्पति विवरण अनुसार उनको र श्रीमती राईको नामा देशका विभिन्न १४ स्थानमा जग्गाजमिन रहेको छ । जसमध्ये तामाङको नाममा अंशबाट प्राप्त भएका जग्गा सिन्धुपाल्चोकको तीन ठाँउमा रहेका छन् भने काठमाडौंमा उनका स्वर्गीय पिताको नाममा रहेको जग्गा एक स्थानमा रहेको छ ।

त्यसैगरी तामाङ पत्नी राईको नाममा मोरङमा ९ कित्ता र खोटाङमा एक कित्ता रहेको छ । राई कै नाममा काठमाडौंको गोकर्णेश्वरमा तीन आना ३ पैसा २ दाममा बनेको अढाई तले घर रहेको पनि विवरणमा उल्लेख गरिएको छ । साथै उनीहरुसँग जम्मा २२ तोला सुन रहेको पनि विवरणमा उल्लेख गरिएको छ जुन उनी अघिल्लो पटक कानुन मन्त्री हुँदा ३० तोला रहेको थियो ।

तामाङको एभरेष्ट बैंक सिंहदरबार शाखामा तलब भत्ता बापतको दुई लाख १६ हजार १ सय २५ रुपैयाँ रहेको छ भने श्रीमती राईको दुई बैंकमा गरी १ लाख ६ हजार २ सय २५ रुपैयाँ रहेको छ । यस्तै तामाङको विभिन्न कम्पनीमा ५ लाख रुपैयाँको शेयर रहेको छ भने राईको नाममा १५ लाख रुपैयाँको शेयर रहेको विवरणमा उल्लेख गरिएको छ ।

त्यसैगरी राईले कृषि विकास बैंकबाट ४८ लाख रुपैँया ऋणमध्ये र ३२ तिरेको, म इन्भेष्टभेन्ट बैंकबाट ५४ लाख ऋणमध्ये १८ लाख तिरेको र अन्य बैैंक तथा सहकारीहरुबाट २२ लाख ऋण लिएकोमध्ये ३ लाख तिरेको विवरणमा उल्लेख गरिएको छ ।

यस्तो रहेको छ मन्त्री तामाङले सार्वजनिक गरेको सम्पति विवरण :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);