काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएको समयमा पार्टीको महाधिवेशन हुने बताएका छन् ।
सभापति देउवाले बुधबार एक वक्तव्य जारी गर्दै ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो । तसर्थ २०७८ भदौमानै महाधिवेशन हुने बताए ।
देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका समेत गरेका छन् । कांग्रेसमा आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएपछि कांग्रेसमा नतृत्वप्रति आशा जागेर गएको छ ।
कांग्रेसले ‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भएको बताएका छन् ।
यस्तो छ सभापति देउवाद्वारा जारी वक्तव्य

