काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले पाल्पाको सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने बताएका छन् ।
बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको अन्र्तक्रिया कार्यक्रमलाई संवोधन गर्दे अर्थमन्त्री पौडेलले सिद्धबाबा पहाड कुनै पनि हालता नकाटिने स्वष्ट पारे ।
सिद्धबाबा पहाडमा पर्यावरणीय संरक्षण र प्राकृतिक प्रकोपका कारण भइरहेको मानवीय क्षति रोक्न सुरुङमार्गको अवधारणा ल्याएको भन्दै सिद्धबाबा उत्खननसम्बन्धी समाचारमा कुनै सत्यता नभएको पौडेलको तर्क रहेको थियो ।
पहाडको संरक्षण गर्दै यातायात सहज बनाउन आफ्नो पहलमा सिद्धबाबामा सुरुङ मार्ग निर्माण अगाडि बढेको र मुलुककै आधुनिक सुरुङमार्गको यो दोस्रो आयोजना बनाउनल लागेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
उनले भनेका छन, अहिले जून खाले चुरे भ्रामक समाचार बाहिर आएका छन् त्यस्तो नभएर ‘सरकारले चुरेबाट एक डोको बालुवा पनि निकाल्न दिदैंन । चुरे क्षेत्र तराईको जनजीवनसँग प्रत्यक्ष गाँसिएको भन्दै उपप्रधानमन्त्री पौडेलले यसको क्षतिबाट हुने पीडा सिङ्गो नेपालको पीडा भएको स्पष्ट पारे ।।