उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ मा रहेको नबिल बैंकको एटीएमबाट पैसा चोरी गर्न बुथ तोडफोड गर्दै गर्दा एक जना पक्राउ परेका छन् ।
सोमबार मध्येरातमा एटीएम बुथ तोडफोड गर्दै गर्दा भारतको मधुवनी जिल्ला ग्राम पञ्चायत लौकाहा घर भई हाल उयदपुर त्रियुगा नगरपालिका ३ निवासी १८ वर्षीय बिभेष शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका शर्माका साथबाट एटीएम तोडफोड गर्नको लागि प्रयोग गरेको औजार समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।