काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले समसामयिक राजनीतिका सन्दर्भमा १० बुँदे विज्ञप्ति जारी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका, उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भम जिल्ला सभापतिले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्न केन्द्रलाई दबाब दिने निर्णय गरेका छन् ।
![](https://i1.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/06/1-1.jpg?ssl=1&resize=712%2C712)
![](https://i2.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/06/2.jpg?ssl=1&resize=724%2C724)
कांग्रेसका जिल्ला सभापतिहरूको भर्चुअल बैठकले महाधिवेशन गर्न केन्द्रको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको हो । उनीहरुले पार्टीको १४ औं महाधिवेशन र अन्य आन्तरिक पार्टी सरोकारका विषयमा पार्टी केन्द्रलाई सामुहिक ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् ।
सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले महाधिवेशनका लागि केन्द्रलाई ज्ञापन पत्र बुझाइने उल्लेख गरेका छन् ।