अफ्रिकी मुलुक बुर्किना फासोमा हतियारधारी समूहको आक्रमणमा एक सय ३० जना सर्वसाधारणको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २७ २०८१, मंगलबार

अफ्रिकी मुलुक बुर्किना फासोमा हतियारधारी समूहको आक्रमणमा एक सय ३० जना सर्वसाधारणको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोमा हतियारधारी समूहले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा एक सय ३० जनाको मृत्यु भएको छ ।

बुर्किना फासोको उत्तरी क्षेत्रमा रहेको सोल्हन गाउँमा हतियार सहित प्रवेश गरेका अज्ञात व्यक्तिहरूले गाउँलेहरूमाथि अन्धाधु्न्ध गोली प्रहार गरी एक सय ३० जनाको हत्या गरेका हुन् ।

उक्त समूहले गाउँमा रहेका घर र पसलहरूमा समेत आगजनी गरेका छन् ।

मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । केहीले भने सँगैको जंगलमा लुकेर ज्यान जोगाएका छन् । घटनाको जिम्मेवारी भने कुनै समूहले नलिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

यद्यपि बुर्किना फासोमा पछिल्लो समय इस्लामिक अतिबादी समूह आइएसले आतंकवादी गतिविधिलाई तीव्रता दिँदै आएको छ ।

गत महिना मात्रै बुर्किना फासोमा भएको आतंकवादी हमलामा ३० जनाको ज्यान गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);