काठमाडौँ। सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले गरेको नियमावली संशोधन प्रस्तावलाई ‘न्यायाधीश सम्मिलित) फुल कोर्ट बैठकले अस्विकार गरेको छ ।
शुक्रबार बसेको बसेको बैठकमा राणाले ‘सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२’ संशोधन गरी वरिष्ठ न्यायाधीश मात्रै रहने प्रस्ताव गरेको भन्दै बैठकमा उपस्थित न्यायाधीशहरुले विमति जनाएका हुन् ।
सर्वोच्च बारका पदाधिकारीसँग गरेको प्रतिबद्धताअनुसार राणाले शुक्रबार ‘विविध’ शीर्षकअन्तरगत प्रस्ताव पेश गरेका थिए । तर बैठकमा सहभागिता जनाएका न्यायाशिहरुले भने विमति जनाउदै आएका छन् ।
न्यायाधीशहरुले अहिले रोष्टरमा रहेका न्यायाधीशबाट इजलास गठन गर्दा पनि वरिष्ठ न्यायाधीशहरु राख्न कुनै समस्या नहुने भन्दै नियमावली संशोधन नगन प्रधान्यायाधीशलाई सुझाव दिएका छन् ।
स्रोतका अनुसार राणाले शुक्रबार वरिष्ठताकै आधारमा संवैधानिक इजलास बनाएका छन् । संविधानको धारा १३७ (१) अनुसार संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायपरिषद्को सिफारिसमा अरु चार जना न्यायाधीश समेत रहने व्यवस्था रहेको छ।