काठमाडौं। सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको हो ।
बस्नेतलाई नेपालको पत्रकारिता क्षेत्रमा लामो समय काम गरेको अनुभवका आधारमा सरकारले काउन्सिलको अध्यक्षमा नियुक्ति दिन लागेको मन्त्रालयको भनाई रहेको छ । प्रेस काउन्सिलको अध्यक्षको सेवासुविधा सर्वोच्चका न्यायाधीशको सोसरह हुने छ ।
बस्नेतले आजै पत्रकार सम्मेलनमार्फ आधिकारिकरुपमा अध्यक्षको पदभारण गर्ने बताइएको छ ।