नेपाल–खनालको निचोड : ओली पार्टी एकता गर्न इमानदार देखिएनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल–खनालको निचोड : ओली पार्टी एकता गर्न इमानदार देखिएनन्

काठमाडौँ । नेकपा एमालेको नेपाल–खनाल पक्षधर नेताहरूले पार्टी एकताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली इमानदार नरहेको निचोडमा पुगेका छन् । बिहीबार बोलाएको केन्द्रीय कमिटीको भर्चुअल बैठकमा अधिकांस नेता तथा कार्यकर्ताहरुले एकताका लागि ओली इमान्दार नभएको निचोडमा पुगेका हुन् ।

बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई पार्टीको अवस्थाबारे जानकारी गराएका थिए । पार्टी एकताका लागि सक्रिय नेता सुरेन्द्र पाण्डेले एकताका निम्ति आफ्नातर्फबाट इमानदार पहल भइरहेको जानकारी दिएका छन् ।

उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि पार्टीलाई २०७५ जेठ २ गतेको अर्थात नेकपा माओवादी केन्द्रसँगको एकता घोषणापूर्वको अवस्थामा फर्काउनु पर्ने अडान यथावत राख्नुपर्नेमा अडिक रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);