मन्त्रिपरिषद्को बैठक बेलुका ६ बजे बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

मन्त्रिपरिषद्को बैठक बेलुका ६ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बेलुका ६बजे बस्ने भएको हो। नियमित मन्त्रिपरिषद् बैठक भनिएपनि विभिन्न कारागारमा रहेका जनता समाजवादी पार्टी जसपाका नेता कार्यकर्ता रिहा र मुद्धा फिर्ता सम्बन्धी केही निर्णय हुन सक्ने आकलन गरिएको छ ।

अन्य नियमित काम कारबाहीका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका हुन् । मन्त्रिपरिषद् बैठक अगावै जसपाका अध्यक्ष महन्थ ठाकुर सहित अन्य नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

सरकार र थारुहट संघर्ष समितिबीच हालै भएको वार्तामा टीकापुर घटनालगायत विभिन्न आन्दोनमा पक्राउ परेका र मुद्दा चलेकाहरूको रिहाइ र मुद्दा फिर्ताको पहल गर्ने सहमति भएको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);