एमाले स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

एमाले स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बिहीबार चार बजे बोलाइएको सो बैठक अनिश्चितकालका लागि स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बिहीबारको बैठकले पार्टी भित्रका थप नेताालाई कारबाही अगाडि बढाउने वा एकताको नयाँ खाका अगाडि ल्याउने अनुमान गरिएको थियो।

जेठ १८ मा बसेको बैठकले नेपाल पक्षमाथि सुरु गरेको कारवाही तत्कालका लागि स्थगित गरेको थियो । पार्टीको एकतालाई अन्तिम समय सम्म जोगाउने प्रयास स्वरुप तत्कालका लागि कारवाही स्थगित गरेको जानकारी दिइएको थियो।

एकता जोगाउन अन्तिम सम्म प्रयास गर्ने प्रवक्ता प्रदिप ज्ञावलीले जानकारी दिएका थिए। । बिहीबारको बैठक स्थगित भएपछि एमालेमा एकताको आसा पलाएको नेता तथा कार्यकर्ताले अपेक्षा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);