अन्तत: कमजोरी स्विकार गर्दै प्रशासन मन्त्रीले बुझाए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लिस्बोन, २ कार्तिक । पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिएका छन। भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गदै उनले बुधबार राजीनामाको घोषणा गरेका हुन।

आफ्नो राजीनामा पत्रमा उनले भने, ‘यस्तो अवस्थामा म पदमा बसिरहन सुहाउने कुरा होइन, मेरो नैतिकता र आत्मसम्मानका लागि पनि मैले राजीनामा दिनु उपयुक्त हुने ठानेको छु । त्यसैले मेरो राजीनामालाई सबैले स्वीकार्नु हुनेछ भन्ने विश्वास लिएको छु।’

 

उनको राजीनामालाई प्रधानमन्त्री एन्टोनिओ कोस्टले स्वीकृत गरे । राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री कोस्टले मन्त्री सोउसालाई सार्वजनिक रुपमा धन्यवाद दिए। ‘राजीनामा दिने सही निर्णय गरेकोमा र आफ्नोे जिम्मेबारी पूरा गर्नका लागि हरदम प्रयत्न गरेकोमा उनलाई धन्यवाद छ,’ प्रधानमन्त्रीले भने।

आगलागीपछिको संकटपूर्ण अवस्थामा व्यवस्थापन गर्न नसकेको, आगलागी नियन्त्रण गर्न नसकेको र आगलागी नियन्त्रणका लागि पूर्व तयारी राम्रोसँग नगरेको भन्दै मन्त्री सोउसाको सार्वजनिक रुपमा चर्को आलोचना भएको थियो । गत चार महिनामा मात्रै पोर्चुगलमा भएका आगलागीमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);